इटहरी । प्रगतिशील लेखक संघ सुनसरीको १० औं जिल्ला अधिवेशन सम्पन्न भएकोछ ।
जिल्ला अधिवेशन संघका केन्द्रीय उपाध्यक्ष नमूना शर्माको उपस्थितिमा शनिबार सम्पन्न भएको हो ।
अधिवेशनबाट प्रगतिशील लेखक संघको सुनसरी जिल्ला अध्यक्षमा विमला पोख्रेल चयन भएकी छन् ।
कृष्णप्रसाद गौतम, सचिवमा कृष्णप्रसाद नेपाल, सुस्मिता नेपाल र कोषाध्यक्षमा सन्जिव कटुवालःचयन भएका छन् ।
जिल्ला कार्यसमितिको सदस्यहरुमा चन्द्रबहादुर सुवेदी, मिथिला पोख्रेल, कान्ता पोख्रेल र गीता बस्नेत चयन भएका छन् ।