प्रथम नेपाल हव महिला २०–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी

  • कार्तिक २६, २०८१ / नेपाल रेखा
alt

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा फाहुना टोली राजविराज विजयी भएको छ ।
अन्तिम खेलमा विजयी सँगै ३ खेलको २०–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ । सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरि ३ खेलको सिरिजमा २–१ ले सिसिज गुमाएको हो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सिमित भयो । विराटनगरकालागि रानु राजवंशीले २२ रन बनाउँदा काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता यादवले २ विकेट लिँदा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले १–१ विकेट लिइन् । १ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् । प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव भइन् ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

दलित समुदाय – सङ्घर् ...

निरंजनकुमार साहधनुषा । मिथिलाको ऐतिहासिक र सांस्कृतिक क ...

तोलामा एक हजार तीन स ...

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलाम ...

महिला साफ च्याम्पियन ...

काठमाडौँ । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा ...

साइकलमा दूध ढुवानी ...

सुनसरीको इनरुवा नगरपालिका-४ मा  साइकलमा दूध बाेकेर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]