इटहरी । महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती तथा जनजागरण पुस्तकालयको साहित्यिक जागरण अभियान अन्तर्गत ६१ औं श्रृङ्खला कार्यक्रम इटहरीमा सम्पन्न गरिएकोछ ।
इटहरी–५ पचरुखी चोकमा आयोजित कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरिएकोछ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो ।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।
उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । ती कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएका कार्यक्रममा चर्चा गरिको छ ।
जनजागरण पुस्तकालय, इटहरी साहित्य समूह, नेपाल राष्ट्रिय संयुक्त निबृत्त कर्मचारी संघ लगायतको ७ वटा संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा भैरवप्रसाद सापकोटाको अध्यक्षता तथा प्राध्यपक डाक्टर बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी कृष्ण विनोद लम्साल, लेखनाथ घिमिरे, टिका आत्रिय लगायतले कविता, गजलहरु बचन गरेका थिए ।