गीतकार लम्सालको ‘हारे आफैँसँग’ गीती सङ्ग्रह सार्वजनिक

  • असोज २४, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाली लोक जीवनका गीत समेटिएको इटहरीका गायत्री लम्सालको हारे आफैँसँगको गीती सङ्ग्रह बुधबार सार्वजनिक गरिएको छ । गीती सङ्ग्रह गीतकार विजय श्रेष्ठ, शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरे, प्रध्यापक डाक्टर बद्रीविशाल पोखरेललगायतले सार्वजनिक गरे ।
समाजमा सकारात्मक प्रेरणका लागि प्रेरित गर्ने सोचले रचना गरिएका लम्सालको गीती सङ्ग्रहमा ८४ वटा गीत समावेस गरिएको छ । लम्सालले गीती सङ्ग्रह सार्वजनिकका क्रममा महत्वपूर्ण १२ वटा गीत प्रस्तुत गरे । लम्सालका यसअघि दुईवटा कृति आकाश हेर्दै दोबाटो २०६९ र पानीको रंग २०७५ सार्वजनिक भइ सकेका छन् । दोस्रो कृति प्रकाशनपछि लम्सालको बढी संगत गीतकारसँग भएकाले गर्दा गीत रचनामा लागेको बताएका छन् ।
कार्यक्रममा गीतकार बिजय श्रेष्ठले नेपालीपनका गीत भएकाले गर्दा सारै मन परेको बताए । ‘जसरी ऐनमा व्यक्तिको अनुहार देखिएजस्जै गीतमार्फत समाजको अनुहार देखिएको छ,’ उनले भने ।
सो क्रममा कवि मनु मञ्जिलले लम्सालको गीती सङ्ग्रहमा समावेस भएका गीत राष्ट्रिय धरातल टेकेर रचिएको बताए । ‘लोक जनजीवनका गीत गायक लम्सालले एक से एक रचना गरेको पाइयो,’ उनले भने ।
कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार घिमिरेले लम्सालको गीत रचनामा अब्बल रहेको जनाए । सो क्रममा डाक्टर पोखरेलले समाजलाई सकारात्मक ढंगले गीतमार्फत लम्सालले प्रेरित गरेको र सामाजिक विकृतिलाई पनि व्यङ्ग्य गरेको उल्लेख गरे । सगरमाथा साहित्य प्रतिष्ठान कोशीको आयोजनामा भएको गीती सङ्ग्रह सार्वजनिक कार्यक्रम आयोजक संस्थाकी मिश्रा गुरुङ्को अध्यक्षतामा भएको थियो । कार्यक्रममा सुुनसरी र मोरङ क्षेत्रका साहित्यकार, लेखक तथा गीतकारको सहभागिता रहेको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]