मुस्लिम वस्तीको बर्थिङ् सेन्टरमा वच्चा जन्माउनेको चाप

  • असोज १२, २०८१ / नेपाल रेखा
alt

इटहरी । केही वर्षअघिसम्म मुस्लिम समुदाय बच्चा जन्माउन बर्थिङ् पनि जादैनथे । अब भने अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन् । मुस्लिम समुदायका महिला बर्थिङ् सेन्टरमा जाने क्रम बढेसँगै सुनसरी भोक्राहा नरसिंह वडा नं. २ मा सञ्चालित स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा जहिल्यै चाप हुने गरेको छ ।
मुस्लिम वस्तीमा परिवार नियोजन गर्ने र परिवार नियोजनको साधन प्रयोग गर्ने अनि बर्थिङ् सेन्टरमै बच्चा जन्माउने क्रम पुरै बढेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई बताउँछन् । ‘म सानै केटाकेटा हुँदा देखि नै मुस्लिम वस्तीमा गएर हेर्दा महिलाहरु कोही नवआगन्तुक देखिने वित्तिकै मुन्टो बटार्थे, तर अहिले त आकाश जमीन फरक भइ सक्यो’, उनले आफ्नो अनुभव सुनाए  ।
मुस्लिम समूदायलाई लक्षित गरेर गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ्य चौकीमा १३ वर्षदेखि बर्थिङ् सेन्टर छ । शुरुवातमा नगन्य मात्र बर्थिङ् सेन्टर जान्थे । तर पछिल्लो समय पुरै जमघट हुने गरेको छ ।
‘शुरुमा बर्थिङ् सेन्टर खुल्दा पनि मुस्लिम महिला आउन लजाउने गर्थे, उनीहरुलाई वस्तीमै गएर सचेतना पैmलाएपछि अहिले भने बिना हिचकिचावट वच्चा जन्माउन आउने गरेका छन्’, अनमी गीताकुमारी मेहताले भनिन् । बर्थिङ् सेन्टरमा बच्चा जन्माउन आउनेको चाप हुने गरेको छ । साउन महिनामा मात्र २५ जना र भदौंमा १८ जनाले बर्थिङ् सेन्टरमा आएर बच्चा जन्मााएको रेकर्ड छ । यस्तै, आर्थिक वर्ष २०८०–०८१ को अवधिमा १५७ जनाले बच्चा जन्माएको रेकर्ड छ।
यसरी बर्थिङ् सेन्टरमा चाप भएतापनि पूर्वाधार र जनशक्ति अभाव छ । त्यही अभाव भएको पूर्वाधारलाई थप गर्न भोक्राहा नरसिंह गाउँपालिका, सेभ द अर्थ र करुण फाउन्डेसनको संयुक्त लगानीमा एक कोठे भवन निर्माण गरि त्यही भवनबाट सेवा सुरु गर्न थालिएको छ । गाउँपालिकाको पाँच लाख ४९ हजार ५४८, सेभ द अर्थको चार लाख ५० हजार र करुण फाउन्डेसनको दुई लाख २१ हजार ३८५ रुपैयाँको लगानीमा भवन निर्माण भएर सेवा सुरु गरिएको हो । ‘बर्थिङ् सेन्टरमा बिरामीको चाप बढी भएकैले गर्दा शुरुवातमा एउटा गाउँपालिकको पूरानो भवनको कोठालाई मर्मत सम्भार गरेर सेवा दिन थालिएको थियो, जिल्ला अस्पताल सुनसरीका प्रमुख सागर प्रसाईंले भने, ‘अब भने केही हदसम्म सहज हुने भएको छ ।’ सेभ द अर्थ संस्थाले बर्थिङ् सेन्टरका लागि चाहिने अन्य सामग्री पनि प्रदान गरेको कार्यक्रम संयोजक मनिष सुवेदीले बताए ।
चाप भएपनि सेवा प्रवाहमा न्यून जनशक्तिले धानेको छ । त्यहाँ काम गर्नेले आफ्नो र व्यक्तिगत कामलाई कहिल्यै चासो नराखिकन सेवाग्राहीकै सेवामा अहोरात्र खटिने गरेका छन् ।
सुरक्षित सुत्केरी सेवाका लागि बर्थिङ सेन्टरमा तीन जना अनमी गीताकुमारी मेहता, कल्पना मेहता र सुजाता मेहता छन् । यी अनमीले २४ सै घण्टा आलोपालो डियूटी खटिने गरेका छन् । सुत्केरी सेवाका लागि महिलाहरुको चाप पनि निकै हुने गरेको छ । ‘बर्थिङ सेन्टरमा हामी तीन जना आलोपालो गरेर डियूटी खटिने गरेका छौं’, अनमी गीताकुमारी मेहताले भनिन्, ‘कुनै जटिल खालका बिरामीलाई रिफर गर्ने गरेका छौं ।’
अनमी मेहताका अनुसार बर्थिङ् सेन्टरमा काम गर्नेले कुनै समस्या परे भोक्राहा नरसिंहका हेल्थ असिस्टेन्ट रमेशकुमार साहसँग बेला बेलामा सल्लाह लिने गर्छन् । यस बर्थिङ् सेन्टरमा विशेषगरी भोक्राहा नरसिंह वडा नं. २ सँगै वडा १, ४, ३ र ८ का सुत्केरीलाई वच्चा जन्माउन ल्याउने गरिएको छ ।
बर्थिङ् सेन्टरमा कार्यरत अर्की अनमी कल्पना मेहताका अनुसार बर्थिङ् सेन्टरमा ल्याएर तत्काल अन्यत्र रिफर गरिएका दुई जना सुत्केरीका शिशुको निधन भएपनि अरु कुनै घटना छैन ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँले जनशक्तिलाई थप गर्दै लैजाने बताए । ‘गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,ु उनले भने, ‘सवैमा क्रमशः सुधार आइ रहेको छ ।’

असार सकिँदासम्म खेत ...

असार सकिने बेलासम्म बाँझै रहेकाे सुनसरीको गढी ...

अपाङ्गता भएका बालबाल ...

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ् ...

मन्त्री गुप्ताद्वारा ...

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज ...

गोली प्रहारबाट किशोर ...

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा ग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]