खोली दोभान, तिम्रै पछि लाग्दा लाग्दै गयो जोवन गीत सार्वजनिक

  • असोज १०, २०८१ / नेपाल रेखा
alt

इटहरी । गायक तथा गीतकार दिनेश एभरग्रिन र गंगा गौतम आचार्यको स्वर रहेको खोली दोभान तिम्रै पछि लाग्दा लाग्दै गयो जोवन भन्ने गीत सार्वजनिक गरिएको छ ।
दिनेश एभरग्रिन युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको संगित सन्तोष विसीको र शब्द गंगा गौतम आचार्याको रहेको छ भने एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् ।
पूर्वाञ्चल डिजिटल रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरिएको खोली दोभानका गीतकार तथा गायक दिनेश एभरग्रिनले यस अघि पर्यटन प्रवद्र्धनमा जोड दिदै चैनपुरको भिमेश्वरको दर्शन गर्न जाँऔं, धरान इटहरी तरहरा भेटेर बसौ बातमारी, भोजपुरे ठिटो, भजन गित लगायतका आधा दर्जन बढी गीतहरुको लेखन तथा स्वर दिइसकेका छन् ।
दिनेश एभरग्रिनले एकल स्वर तथा लोक गायिका अन्जु गौतम, लोक दोहरी गायिका गंगा गौतम आचार्य र गायिका सन्ध्या थापा तिवारीको स्वरमा गितको माध्यमबाट आफुनो जिवन कथा, धार्मिक पर्यटनको प्रचार प्रसार हुने र समाजमा भएका गतिविधीहरुलाई समेटेर एल्बम निकालेका हुन् ।
आफु शारीरिक अस्वस्थ भएपनि गीत संगीतको क्षेत्रमा साथै समाजका लागि केही सामाजिक कार्यहरुमा निरन्तर लागि रहने पनि दिनेशले बताए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]