इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिको जनविरोधी हर्कतविरुद्ध माओवादी केन्द्रद्वारा आन्दोलनको चेतावनी

  • भदौ २६, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरका जनप्रतिनिधिले गरिरहेको जनविरोधी हर्कत र स्वेच्छाचारिताका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आन्दोलनको चेतावनी दिएको छ ।
नेपाली काँग्रेस र एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासन विपरित भ्रष्टाचार, विकृति, विसंगतीलाई प्रसय दिएको भन्दै नेकपा (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटिले आन्दोलनको चेतावनी दिएको हो ।
माओवादी इटहरी उपमहानगर कमिटि अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) र सचिव राजकुमार आचार्यले यही भदौ २४ गते एक विज्ञप्ति जारी गर्दै विभिन्न ८ बुँदे माग सहित आउदो असोज १५ गतेसम्म माग पूरा गर्ने तप्परता नदेखाए आन्दोलन छेड्ने जनाएका छन् ।
माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा २०८१।०८२ को बजेट कार्यान्वयन गरि उपभोक्ता समितिलाई दिन बाँकी भुक्तानी र कर्मचारीको तलब उपलब्ध गराउन माग गरिएकोछ ।
त्यसैगरि, उपमहानगरपालिका कार्यालयमा कार्यरत संघ, प्रदेश तर्फबाट स्थायी, स्थानीय सरकारका करार र दैनिक ज्यालादारी कर्मचारीको वास्तविक विवरण सार्वजनिक गनुपर्ने, विद्युतीय बस खरिद, सिटी स्क्यान मेसिन खरिद, अन्य सामाग्री खरिद, प्रक्रियाजस्ता विषयहरुमा सार्वजनिक सुनुवाई मार्फत सत्य तथ्य जानकारी गराउनुपर्ने जस्ता माग पनि माओवादीले विज्ञप्तिमार्फत राखेकोछ ।
त्यस्तै खाजा, नास्ता, इन्धन, संचारजस्ता खर्चहरुको सत्य तथ्य विवरण जानकारी गराउनुपर्ने, खोला, पैनी, करिडोर निर्माण प्रक्रियाका कमिकमजोरी सच्याउनु पर्ने, शान्ति सिर्जना माविमा शिक्षक, कर्मचारी तलब भुक्तानी गर्दा ८० लाख वरिपरी बढी रकम निकासा गर्ने कर्मचारीहरुको आवश्यक छानविन गरि कानूनी कार्बाही गर्नुपर्ने, इटहरी उपमहानगरभित्रका असुल गर्नुपर्ने र सैद्धान्तिक वेरुजु सार्वजनिक गरि असुल उपर गर्नुपर्ने र उपमहानगरभित्रको स्वेच्छाचारिता अन्त्य गर्नुपर्नेसहितका माग माओवादी केन्द्रले राखेको छ ।

असार सकिँदासम्म खेत ...

असार सकिने बेलासम्म बाँझै रहेकाे सुनसरीको गढी ...

अपाङ्गता भएका बालबाल ...

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ् ...

मन्त्री गुप्ताद्वारा ...

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज ...

गोली प्रहारबाट किशोर ...

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा ग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]