महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सञ्चालन

  • भदौ ११, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ । विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरे ।

जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महानगरले परीक्षा लिएको हो । महानगरले गत वर्षदेखि छात्रवृत्तिको परीक्षा लिन सुरु गरेको थियो । त्यसअघि विद्यालयहरुले आफूखुसी छात्रवृत्ति दिँदै आएका थिए ।

उनीहरुले कागजमा मात्रै सीमित छात्रवृत्ति सुविधा प्रदान गरेको विवरण महानगरमा बुझाउँदै आएका थिए । लक्षित वर्गले मात्रै छात्रवृत्ति प्राप्त गरारुन् भन्ने उद्देश्यले महानगरले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिएको मेयर कोइरालाले बताए । ‘वास्तविक जेहेन्दार, विपन्न, दलितसहितका लक्षित वर्गले छात्रवृत्ति सुविधा पाउन् भन्ने महानगरको उद्देश्य हो,’उनले भने, ‘त्यही भएर गत वर्षदेखि हामीले छात्रवृत्तिका लागि परीक्षा लिन सुरु गरेका हौं ।’ मेयर कोइरालाले कक्षा ११ को जस्तै अन्य कक्षाका लागि पनि महानगरले छात्रवृत्तिको परीक्षा लिने योजना गरेको सुनाए ।
विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि १ हजार २ सय ७ जनाले परीक्षा दिएका छन् । जसमध्ये ७ सय २७ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । जेहेन्दारका लागि ३५ प्रतिशत, विपन्नका लागि ३५ प्रतिशत, जनजातिका लागि १० प्रतिशत, दलितका लागि ५ प्रतिशत, अपाङ्गका लागि ५ प्रतिशत, मुस्लिमका लागि ५ प्रतिशत र अन्यका लागि ५ प्रतिशत छुट्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहनुभएका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिए । उनका अनुसार एक हप्ताभित्र छात्रवृत्तिको परीक्षाफल सार्वजनिक हुनेछ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]