फुटपाथमै ब्यानर टाँगेर छोरी टेनिसा परियारका लागि भोट माग्दै सिलाई पेशा गर्ने बाबु

  • साउन १८, २०८१ / नेपाल रेखा
alt

आशिका लम्साल
इटहरी । छोराछोरीको प्रगतीमा बाबुआमाको खुसी र साथ सहयोग कति हुन्छ भन्ने सुनसरी इटहरीका रमेश परियारलाई सोधे हुन्छ । किनभने यतिखेर दैनिक सडकमा सिलाई पेशा गरेर कमाएको पैसा छोरी टेनिसालाई गायक बनाउन खर्चिरहेका छन् ।
सिलाई मास्टर रमेशकी १२ बर्षीया जेठी छोरी टेनिसा यतिखेर कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘भ्वाईस किटसको’ भोटिङ राउण्डमा पुगेकी छन् । आफनो गायकीले गर्दा जजहरुको निर्णयबाट टप २४ सम्म आइपुग्न सफल टेनिसालाई अब अगाडी बढ्न गायकीले मात्र पुग्दैन उनले दर्शकको भोटको पनि सामना गर्नुपर्छ । अब जसको बढी भोट आयो उही गायक टप १६ र टप ८ हुदै फाइनल राउण्डमा छानिन्छ । यसैले बाबु रमेशले छोरीलाई अगाडी बढाउन आफुले सिलाई काम गर्ने इटहरी नगरपालिका अगाडीको फुटपाथको भित्तामा ब्यानर टाँसेर भोटसँगै आर्थिक सहयोग पनि मागिरहेका छन् । उनले आफू काम गर्ने फुटपाथको पछाडीको भित्तामा ‘भोटफोर टेनिसा’ भन्ने व्यानर टाँसेका छन् । टेनिसालाई खल्ति एप डाउनलोड गरेर जोकोही शुभचिन्तकले भोट गर्न सक्छन्  । गरिबिकै कारण रमेशले ब्यानरमा क्युआर कोड मार्फत छोरी टेनिसालाई आर्थिक सहयोग गर्न शुभचिन्तकलाई अपिल पनि गरेका छन् ।
इटहरी नगरपालिका १ पिपलचौकमा भाडाको घरमा बासोवास गर्ने रमेश र उनकी श्रीमती गंगा परियारका एक छोरी (जेठी टेनिसा ) र एक छोरा छन् । गरिब दलित समुदायकी भएकोले टेनिसा हाल इटहरीको विश्वआर्दश स्कूलमा छात्रबृत्तिमा कक्षा ८ मा पढछिन् । उनका बाबु रमेश पनि गायक हुन् । उनले सन्दिप मोते नामले दुई वटा गीती एल्बम पनि निकालिसकेका छन् । परिवारिक महौल साँगितिक भएकोले टेनिसाले पनि सानैदेखी गीतसंगीतमा रुचि राख्न थालेकी हुन् । उनी बिद्यालय र स्थानीय सार्वजनिक मञ्चहरुमा उत्कृष्ट गीत गाउने गर्थिन् । यसैले बाबु रमेशले छोरी टेनिसाको रुचिका लागि ‘भ्वाईस किडसमा’ भाग लिन पठाएका हुन् । अडियसन्स राउण्डबाट छानिएपछि उनले सिलाई पेशा गरेर बचाएको पैसाले टेनिसालाई आमा र भाइसँग काठमाण्डौ प्रतिस्पर्धा गर्न पठाएका छन् । काठमाण्डौमा आफन्त कोही नभएकोले लजमा आमासँगै बसेर टेनिसाले किडसको प्रतिस्पर्धामा दुई महिनादेखी भाग लिइइरहेकी छन् । आफ्नो सुरिलो गायकीले गर्दा ‘ब्लाईण्ड’ र ‘ब्याटल’ राउण्ड पार गर्न सफल भएपछि टेनिसा भोटिङ राउण्डको टप २४ मा छानिएकी हुन् । टेनिसाले फाइनल राउण्डमा पुग्न अझै संघर्ष गर्नुपर्ने हुन्छ । यसैले उनको काठमाण्डांै बसाई पनि अझै लम्बिन सक्नेछ । यसैले फुटपाथमा सिलाई पेशा गरेर हाल दैनिक ५ देखी ७ सय मात्र कमाउदै आएका बाबु रमेश चिन्तित छन् । प्रतिस्पर्धाका लागि टेनिसाले बास र खानाका लागि मात्र दैनिक १५ सय खर्चिनुपर्छ । छोरीको प्रगतिका लागि चिन्तत बाबु रमेश भन्छन्–‘छोरीको खर्चका लागि साथीभाइ गुहारेर अहिलेसम्म जेनतेन गर्जो टारिरहेको छु तर अझै बसाई लम्बियो भने खर्चकै कारण छोरीले प्रतिस्पर्धा छोडनुपर्ला भन्ने चिन्ताले पनि सताइरहेको छ  ।’

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]