उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

  • साउन ६, २०८१ / नेपाल रेखा
alt

विराटनगर । साहित्यकार उमानाथ भट्टराईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल, नेपाली लेखक संघ कोशी प्रदेश समितिका महासचिव मीनकुमार नवोदित, झाराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं बर्बरिकलगायतले संयुक्त रुपमा महाकाव्यको विमोचन गरेका थिए । विमोचित महाकाव्यका बारेमा समालोचकसमेत रहेका कवि हरि कट्टेलले समीक्षा गरे । उनले महाकाव्यले समसामयिक विषयलाई उजागर गरेको बताए ।
खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नय उपसमितिको संयोजनमा भएको कार्यक्रममा भवानीशंकर पोखरेल, अञ्जु अश्रु, जमुना पौडेल, गोपाल निर्भीक, लक्ष्मी घिमिरे रेग्मी, दिङ्लाली कान्छो, शारदा भट्टराई, चन्द्रक्रान्त भट्टराई, अच्यूतमणि पौडेल, भरत गुरागाईं बर्बरिक, अक्षरी पोखरेल, रीता पाठक, लक्ष्मी रायमाझी, प्रयाग न्यौपाने, नेत्र खतिवडालगायत तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । आयोजक संस्थाका उपाध्यक्ष भूषण ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रम कवि लक्ष्मी पोखरेलले सञ्चालन गरेकी थिइन् ।
सोही अवसरमा खोटाङ सामाजिक सेवा मञ्चका तर्फबाट महाकाव्यकार भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]