धर्म र सेवा प्रदान गर्नुपर्छ भन्ने ज्ञान दिन विद्यालयमा रक्तदान

  • असार ६, २०८१ / नेपाल रेखा
alt

इटहरी । मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो । त्यसैले गर्दा बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भनेर विद्यार्थीलाई ज्ञान दिनका लागि बुधबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।
नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनै पनि बिरामी भएका व्यक्तिलाई नयाँ जीवन प्राप्त गर्ने र धर्म एवम् सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार रक्तदान कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँले गरि ५१ जनाले रक्तदान गरे ।
मानव शरीरमा पुरानो रगत क्षय हुने प्रक्रिया नियमित रुपमा हुने र खेर जाने रगत नियमित रुपमा रक्तदान गर्नुपर्ने ज्ञान पनि सानो कक्षाका विद्यार्थीलाई ज्ञान प्राप्त भएको रक्तदानमा सहभागी डिप्लोमा इन सिभिल इन्जिनियरिङ्की छात्रा डम्बरकुमारी कट्वाले बताइन् ।
रक्तश्रापका बिरामी, प्रसूती, मुटु मस्तिष्कलगायतका शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई बचाउनका निम्ति अनिवार्य रगत चाहिन्छ । वर्षातको समयमा विभिन्न विपती सिर्जना हुने र थुप्रै व्यक्ति बिरामी पर्ने गरेकाले पनि विद्यालयले मानवीय सेवा भावले रक्तदान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।
रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुप, जुनियर रेडक्रस सर्कल, इटहरी युथ ओपन क्रयूको संयुक्त आयोजनामा भएको थियो । सो क्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीको प्रमुख आथित्यतामा र विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवी, राजनीतिक दलका नेतालगायतको उल्लेखीय सहभागिता रहेको थियो ।
रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी तरहराको अगुवाईमा जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]