महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्व तयारी सुरु

  • असार ३, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ ।
महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसी पूर्वतयारीलाई तीव्रता दिएको छ । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित भएकाहरुका लागि आश्रयस्थलसमेत पहिचान गरिसकेको विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले जानकारी दिइन् ।
महानगरले विभिन्न ८ वटा क्षेत्रहरु तयार गरेको छ । जसमा समग्र व्यवस्थापन सूचना, खोज तथा उद्धार, खाद्य तथा कृषि, स्वास्थ्य तथा पोषण, खानेपानी तथा वातावरण प्रवद्र्धन, आपतकालीन आश्रम तथा गैरखाद्य सामग्री, सुरक्षा तथा संरक्षण, आपतकालीन शिक्षा र शीघ्र पुनर्लाभ रहेका छन् । उक्त विषयगत क्षेत्रहरुले आपतकालीन अवस्थामा तत्कालै सेवाहरु उपलब्ध गराउने कोइरालाले बताइन् । महानगरले आवश्यक सामग्रीसहित स्थानीय आपतकालीन सेवा केन्द्र तयारी अवस्थामा राखेको मेयर कोइरालाले बताए । उनले सुरक्षाका तीनवटै निकाय, रेडक्रस, उद्योगी व्यवसायी, समाजसेवी, राजनैतिक दल, नागरिक समाजसहित सबैको सहकार्य र समन्वयमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे । पहिचान भएका आश्रयस्थललाई चुस्तदुरुस्त राख्न नागरिक समाजले बैठकमा सुझाव दिएको छ । विराटनगर महानगरका ९ र १० वडाबाहेक अन्य वडाहरु बाढी तथा डुबानबाट प्रभावित हुने गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]