कोशी प्रदेश स्तरीय सुरक्षा बैठक सम्पन्न

  • जेठ ३०, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी 

विराटनगर । कोशी प्रदेशमा शान्ति सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय प्रशासनले कानुन कार्यान्वयनमा पूर्ण सक्रियताका साथ कार्य गर्ने र संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मातहतका निकायलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धता सहित गोष्ठी सम्पन्न भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्रकार सम्मेनल गरि दुई दिनसम्म चलेको गोष्ठीको निर्णयको बारेमा जानकारी गराएका थिए ।
नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा भएको सुरक्षा दुई दिने गोष्ठीमा कोशी प्रदेशका जिल्लाहरुमा देखा परेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापनका पूर्व तयारी र प्रतिकार्य, राजश्व चुहावट नियन्त्रण, प्राकृतिक स्रोतको कानुन सम्मत उपयोग, सार्वजनिक र सरकारी जग्गाको संरक्षण, नेपाल सरकार र प्रदेश सरकार मातहतका निकायहरुको समन्वय सहकार्य लगायतका विषयमा प्रस्तुतीकरण र छलफल भएको प्रवक्ता भट्टराईले जानकारी गराए।
कोशी प्रदेश सामाजिक, धार्मिक सद्भाव एवम् भाइचाराको हिसाबले संवेदनशिल रहेको र पछिल्लो समय कोशी प्रदेशका आम नागरिक राजनीतिक दल,नागरिक समाज तथा निजी क्षेत्रबाट सामाजिक सद्भाव, शान्ति सुरक्षा तथा धार्मिक सद्भाव अभिवृद्धि, राजश्व चुहावट नियन्त्रण लागू औषध नियन्त्रणका विषयमा सकारत्मक सहयोग प्राप्त हुने गरेको कुरा प्रस्तुतीकरणबाट देखिएको सो अवसरमा जानकारी गराइयो
पहिलो दिनको सुरक्षा गोष्ठीमा उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने अवस्था सृजना गर्न प्रभावकारी रुपमा काम गर्न, राहत उद्धार तथा पुनःस्थापनाका कामका लागि उपलव्ध श्रोत साधनको अद्यावधिक गरी राख्न र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन साथै शान्ति सुरक्षा र अपराध नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउदै कुनैपनि नागरिकले गुनासो वा समस्या लिएर मन्त्रालय पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
गोष्ठीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले कोशी प्रदेसको शान्ति सुरक्षाको अवस्था, विकास निर्माण तथा विपद् व्यवस्थापन रोकथाम एवम् न्यूनीकरणका लागि प्रदेश सरकारले गरेको तयारीको बारेमा जानकारी गराएका थिए । गोष्ठीमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालय तथा प्रदेश अन्तर्गतका मन्त्रालयको कर्मचारीहरुको सहभागिता थियो ।
गोष्ठिमा कोशी प्रदेशको विशिष्ठ सुरक्षा समस्या त्यसको समाधानका उपाय, संघियता कार्यान्वयका लागि अपनाउन पर्ने तत्कालिन र दिर्घकालिन योजना, तथा शान्ति सुरक्षा र विपद् व्यवस्थापनका लागि भइरहेको महत्वपूर्ण कार्य तथा नीतिगत योजनाका विषयमा संघ, प्रदेस र जिल्ला स्तरमा सुरक्षा निकायविच समन्वय र सहकार्यका विषयमा छलफल भएको थियो ।
गोष्ठिमा कोशी प्रदेश तथा १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]