‘विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउनै पर्ने’

  • जेठ २७, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं’ भन्ने मूल नाराका साथ यसपटक मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ । सोही दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले पत्रकार सम्मेलनसहितको सरोकारवालासित अन्तरक्रिया आयोजना गरेको हो ।
अन्तरक्रियामा पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले विद्यालयबाट १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवन गर्न नपाइने ऐनमै व्यवस्था भए पनि बिक्री भइरहेको बताए । उनले कडाइका साथ ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पत्रकार कुमोद अधिकारी र सुशीला पाठकले चिया पसलमा विद्यार्थी उमेरका युवायुवतीले खुलेआम चुरोट खाने गरेकाले महानगरको अनुगमन त्यतातिर पनि केन्द्रित हुनु जरुरी रहेको विचार राखे ।
सुर्तीजन्य पदार्थसम्बन्धी विद्यमान ऐन, कानुन र कार्यान्वयन अवस्थाका विषयमा डब्लूएचओका प्रतिनिधि डा. संगीता राई र कृष्णकुमार देवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीले महानगरले गत साउन १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको जानकारी दिए । उनले ऐन कार्यान्वयनमा महानगरले अनुगमनलाई समेत प्रभावकारी रुपमा अगाडि बढाइरहेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकालाई सुर्तीजन्य सेवनबाट बचाउन अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिए ।
महानगरले विराटनगर महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाएको थियो । तर अदालतको स्टेअर्डरपछि हाल बिक्री खुल्ला भएको छ । महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले संघीय ऐनलाई नै टेकेर भए पनि सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा कडाइ गरिने बताए । उनले विद्यालय आसपासका पसलहरुमा समेत अनुगमन गर्ने गरेको दाबी गरे । स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादवले सबैको सहकार्य र प्रयासले मात्रै सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउन सकिने धारणा राखे । अन्तरक्रियामा विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, कर्मचारीसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालमा हरेक वर्ष ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ । जुन कूल मृत्युको १८ प्रतिशत हो । विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ ।

असार सकिँदासम्म खेत ...

असार सकिने बेलासम्म बाँझै रहेकाे सुनसरीको गढी ...

अपाङ्गता भएका बालबाल ...

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ् ...

मन्त्री गुप्ताद्वारा ...

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज ...

गोली प्रहारबाट किशोर ...

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा ग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]