स्तरीय परीक्षाका लागि सिप विकास तालिम

  • जेठ २५, २०८१ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा रहेको बरन्डा होटलमा स्तरिकृत परीक्षाका लागि प्रश्न निर्माण सिप विकास सम्बन्धि ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यशाला सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नगरपालिका संघको सहकार्यमा कार्यशाला सुरु भएको हो ।
कार्यशालामा कोशी प्रदेशका २१ गाउपालिका १४ नगरपालिका गरि जम्मा ३५ पालिकाको विद्यालयबाट शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ । जसमध्ये एउटा पालिकाबाट तीन जनाको दरले जम्मा १०५ जना शिक्षक शिक्षिकाहरुले उपस्थिति जनाएका छन् ।
कार्यशालामा अंगे्रजी, गणित र विज्ञान विषयका शिक्षक, शिक्षिका सहभागि रहेका छन् । अहिलेसम्म प्रश्न पत्र तयारीका सम्बन्धमा बिद्यार्थीले कम बुझ्ने गरेको पाइएको छ । बिद्यार्थीकालागि तयार पारेको प्रश्न पत्र सजिलै बुझुन् र प्रश्नपत्र तयार गर्दा पाठ्क्रमबाट र गे्रडमा भएका प्रावधानहरु समायोजन गरि प्रश्नपत्र तयार गर्ने बिषयमा कार्यशाला गरिएको राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जिवनप्रसाद गड्तौलाले बताए ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]