थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगति ६० प्रतिशत

  • चैत २७, २०८० / नेपाल रेखा
alt

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ । गाउँपालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गर्दै कुल विकास बजेट १४ करोड ७७ लाख २९ हजार ९३८ मध्ये ८ करोड ८६ लाख ३७ हजार ९६२ अर्थात ६० प्रतिशत वित्तीय प्रगति रहेको जानकारी गराइएको हो ।
यस वर्ष ७८ वटा गाउँपालिका स्तरीय योजनाहरुमध्ये ४२ वटा सम्पन्न भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो । पालिकाको सभाहलमा भएको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइमा हालसम्मको विकास प्रगति, सेवा प्रवाह तथा प्राप्त उपलब्धिको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
बृहत जनसहभागितासहित सम्पन्न सार्वजनिक सुनुवाइमा उपस्थित भएका पालिकावासीले गाउँपालिकाको विकास निर्माणको सबालमा खुलेर प्रशंसा गरेका थिए । गाउँपालिका नेतृत्वको भिजनले गाउँपालिका सम्वृद्ध बन्दै गएको भन्दै वडा नं. १ नेलेका लालबहादुर श्रेष्ठले पालिका भित्रका सडकलाई सरकारीकरण गर्न सझाव दिनुभयो ।
यस्तै कार्यक्रममा सहभागी इन्द्रबहादुर बस्नेतले भौतिक पूर्वाधारसंगै सामाजिक क्षेत्रको विकासमा जेष्ठ नागरिकलाई समेत समेटर कार्यक्रम निर्माण गरि सरकारको अनुभूति गराएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । जंगली जनवारले बालीनालीमा क्षति पुर्याएको प्रति ध्यान दिनुपर्ने, केही ठेकेदारले काम लगाएर ज्याला नदिएको लगायत कार्यक्रममा उठेका विषयमा सरोकारवालाहरुले राखेका जिज्ञासा तथा प्रश्नको पालिका अध्यक्ष असिम राईले जवाफ दिनु भएको थियो ।
थुलुङ दुधकोशीको हरेक विकास र सेवा प्रवाह नागरिकलाई केन्द्रमा राखेर काम गरिएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले सुशासन र पारदर्शीताको सवालमा आफू र मातहतका सबै नै प्रतिबद्ध रहेको बताउनु भयो । यदि कुनैपनि कर्मचारी र जनप्रतिनिधिले भ्रष्टाचार गरेको प्रमाणसहित आएको सवालमा तत्काल कार्बाही गर्ने उहाँको भनाई छ ।
पालिकाको नौ वटै वडामा चालू आर्थिक वर्ष २०८०–०८१ को हालसम्मको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सकेपछि गाउँपालिकामा आयोजना गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सबिता राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

thulung

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]