कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु

  • चैत २६, २०८० / नेपाल रेखा
alt

विराटनगर । ‘स्वरोजगार, आत्मनिर्भरता (हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम् प्रदर्शनी सुरु भएको छ ।
विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेता पराजुलीले महिलाहरुको सक्रियतामा यसखाले मेलाको आयोजना हुनु विराटनगरका लागि गौरवको विषय भएको बताए । आर्थिक मन्दीका वीच मेला आयोजना गरेर उर्जा प्रवाह गर्ने कार्यको प्रशंसा गर्दै पराजुलीले मेलाको सफलताको शुभकामना व्यक्त गरे ।
चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने मेलाका लागि आयोजक संस्था साझा प्रयास नेपालले गरिरहेको छ । संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने विश्वास ब्यक्त गरिन् ।
महिलाहरु मात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काको छ । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहेका छन् ।
यस्तै मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका मोरङ इन्चार्ज भरत दाहाल, घरेलु महासंघको केन्द्रीय सदस्य जानुका थापा, नेपाली कांग्रेस जिल्ला सदस्य तथा महोत्सवका सल्लाहकार देवचन्द्र घिमिरे, राष्ट्रिय गायक सुमित खड्का, बुढीगंगा गाउँपालिका कार्यपालिका सदस्य मीना बिश्वास, गायक श्रीकृष्ण लुइटेल, सामाजिक अभियन्ता प्रदीप विस्वास लगायतको सहभागिता रहेको थियो ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]