१२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भको तयारी पूरा, दुई करोड वढि भक्तजन सहभागि हुने अनुमान

  • चैत्र २५, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा आयोजना हुन लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
महाकुम्भ मेला आयोजक समितिका अनुसार कोशी किनार स्थित चतराधाममा यहि चैत–२७ गते देखि वैसाख–२८ गतेसम्म एक महिना महाकुम्भ मेला आयोजना हुदैछ ।
महाकुम्भ मेला स्थलमा आवास गृह, स्नान गृह, यज्ञ मण्डल तथा ठुलाठुला पण्डालहरुको निर्माणका साथै सडक, विजुली वत्ती तथा खानेपानी जडानको काम सम्पन्न भएको छ ।
भक्तजनहरुको सहजताका लागि आवासको व्यवस्था निःशुल्क भोजन, पाँच स्थानमा सवारी पार्किङको व्यवस्था, ठुलो संख्यामा मेलामा सहभागिता हुने भएकाले कोई विरामी परेमा मेलामा आउने भक्तजनका लागि पाँच स्थानमा चिकित्सक सहितको स्वास्थ्य शिविर साथै एम्वुलेन्स समेत व्यवस्था मिलाइएको छ ।
मेला अवधिभर दुई वटा एम्वुलेन्स र एउटा दमकल तयारी अवस्थामा राखिने महाकुम्भ मेला मुल आयोजक समितिका सहअध्यक्ष एवम् वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वताउनुभयो । मेलामा दुई हजार वढि सुरक्षाकर्मी परिचान हुने समितिले जनाएको छ ।
महाकुम्भको मेला अवधिभर दुई करोडभन्दा वढि भक्तजनको सहभागिता रहने आयोजक समितिको दावी छ । मेलामा नेपाल, भारत साथै भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा नर्वे लगायतका मुलुकवाट समेत भक्तजनहरुको सहभागिता रहने छ ।
महाकुम्भ मेलाको चैत–२७ गने राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको नगर प्रमुख कार्कीले वताउनुभयो ।
प्रत्येक दिन विभिन्न धार्मिक कार्यक्रम सहित आयोजना हुने महाकुम्भ मेलामा प्रधानमन्त्री, उपराष्ट्रपति, प्रधानन्यायधीश, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख संघिय सरकारका मन्त्री लगायत भारतका जगत गुरु तथा सन्त महात्माहरुको सहभागिता हुने जनाइएको छ । २०५९ सालदेखि सो ठाउमा महाकुम्भ लाग्दै आएको छ । प्राचिन हरिद्धारको रुपमा चिनिएको चतराधाममा लाग्ने महाकुम्भमा हिन्दुमात्र नभएर सवै धर्म संस्कृति मान्ने समुदायका मानिसहरुको सहभागिता हुने भएकाले यो महाकुम्भको आफनै महत्व रहेको महाकुम्भ मेला आयोजक समितिको अध्यक्ष जगत गूरु वालसन्त महाराज देवाचार्यको भनाई छ ।
उहाँले यो महाकुम्भ नेपाल र नेपालीको सम्पती भएकाले यसलाई सफल वानाउन सवै लाग्नुपर्ने उहाँले वताउनुभयो । उहाँले आफनै पहलमा संघ, प्रदेस तथा स्थानीय सरकारको सहयोगमा महाकुम्भ लाग्दै आएकाले अव महाकुम्भ संचालन गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने वताउनुभयो । महाकुम्भमा सहभागी हुन अमेरिका तथा अष्ट्रेलियाबाट सन्त महात्मा तथा भक्तजनको टोली दुई दिन अघि चतराधाम आई सकेको उहाँले वताउनुभयो ।
विगतमा लाग्ने महाकुम्भ भन्दा यसपटकको महाकुम्भमा धेरै भक्तजनहरु आउने भएकाले सो अनुसार हरेक प्रकारको व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।

mahakumbha ph

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]