कांग्रेसलाई कलंकित बनाउने नेतालाई कार्बाही गर्नुपर्छ - उपसभापति गुरुङ

  • चैत २५, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपालको राजनीतिमा शुद्धिकरण आवश्यक रहेको वताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको ११ औं केन्द्रिय परिषदको भेलाको शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले काग्रेसलाई कंलकित बनाउने जुनसुकै नेतालाई कार्वाही गर्दै नेपालको राजनीतिलाई शुद्धिकरण वनाउने नेतृत्व कांग्रेसले लिनुपर्ने वताए । कांग्रेसलाई वदनाम गर्ने र कांग्रेसलाई कंलकित वनाउने नेताहरुलाई पार्टी भित्र राखि राख्नुु आवश्यक नभएको वताउदै कांग्रेस खुल्ला किताव जस्तै पारदर्सी हुनुपर्नेमा उनले जोड दिए ।
उनले संसदीय पद्धतीमा सत्तामा रहि रहने तथा सत्ताबाट बाहिरिने कुरा सामान्य भएको चर्चा गर्दै यसलाई पार्टीले सामान्य रुपमा लिएको वताए ।
सत्ता समिकरण परिवर्तन भयो भन्दैमा ठुलो उथलपुथल भयो भन्न नमिल्ने बताउदै उपसभापति गुरुङले तर राजनीतिमा निहित स्वार्थ पुरा गर्नका लागि उथलपुथल गर्ने प्रविृती भने खराव भएको उल्लेख गरे । उनले केवल सत्ता प्राप्तका लागि मात्र बनेको यो समिकरण धेरै लामो समय नटिक्ने उनको दावी थियो । यो भन्दैमा नेपाली कांग्रेस सत्ता प्राप्तीको खेलमा लागेको भन्न नमिल्ने वताउदै उनले अव नेपाली कांग्रेसको चाहना सत्ता प्राप्तिका लागि नभई जनताको हितका लागि जनताको विचमा जाने रहेको उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधान अनुसार प्रदेश सरकार सञ्चालन भइरहेको र यो सरकारले जनभावना अनुसार कार्य गर्दै विकासको प्रतिफल जनताको घर÷घरमा पु¥याएको वताए । मुख्यमन्त्री कार्की भौतिक विकासको दीर्घकालिन स्थायित्वका लागि मानवीय विकासमा जोड दिदै कोशी प्रदेसका १० वर्ष मुनिका बालिबालिकाको जटिल उपचारको प्रदेस सरकारले निःशुल्क व्यवस्था मिलाएको वताए । यो सरकारले संविधानको धारा ५ बाट बनेकाले केन्द्र वा अन्य प्रदेशमा जे भएपनि यो प्रदेसमा भने यहि सरकार रहिरहने उनको दावी थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]