विराटनगर महानगरअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा पनि सुरु

  • चैत २४, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ ।
भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो । महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले स्वास्थ्य बिमामार्फतबाट पनि भिडियो एक्स–रे गरिने जानकारी दिनुभयो । यसबाट महानगरवासीलाई धेरै राहत महसुस गर्ने मेयर कोइरालाले दाबी गर्नुभयो ।
कोशी अस्पतालमा भन्दा कम शुल्कमा भिडियो एक्स–रे गरिनेछ । स्वास्थ्य बिमा नगरेका सेवाग्राहीका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको मेयर कोइरालाले जानकारी दिनुभयो । “महानगरवासीलाई थोरै भए पनि राहत होस् भनेर हामीले कोशी अस्पतालको शुल्कभन्दा पनि कम लिने निर्णय गरेका छौं । प्राइभेट अस्पतालको त कुरै छाडौं,” मेयर कोइरालाले भन्नुभयो, “बिमा गरेका महानगरवासीलाई त अझै ठूलो राहत मिल्नेछ ।”
महानगरले रानी हेल्थपोष्टलाई स्तरोन्नती गरी अस्पतालका रुपमा सञ्चालन गरेको थियो । सो अस्पतालबाट दक्ष चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालबाट दैनिक ओपीडीसहित परिवार नियोजन, मातृशिशुलगायतका सेवा दिइरहेको अस्पतालका प्रमुख मानिकचन्द भगतले जानकारी दिनुभयो । यसबाहेक नेपाल सरकारले वितरण गर्ने औषधिसमेत निःशुल्क रुपमा प्रदान गरिने भगतले बताउनुभयो । अब चाँडै नै प्रसूति र डिजिटल एक्स–रे सेवासमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]