लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

  • चैत २३, २०८० / नेपाल रेखा
alt

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।
प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
महरालाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र एक सदस्यको समर्थन छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]