पाँच हजार भन्दा बढी ध्यान गर्दै लुम्बिनीमा

  • चैत्र १९, २०८० / नेपाल रेखा
alt

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् ।
अन्तर्राष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल पि भानु शर्माले मणिपुर चक्रले मानिसको शरीरमा पार्ने प्रभावका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिदै त्यसलाई सक्रिय र सन्तुतिल बनाउने विधिहरूको प्रयोग र अभ्यास गराउनु भएको हो ।
विराट चक्र विज्ञानमा सहभागीले तीन दिनमै आफ्नो स्वास्थ्य र सोचाइमा परिवर्तन आउन थालेको बताए । लुम्बिनी प्रदेशी सांसद बिन्दु पोखरेलले कार्यक्रममा सहभागी भएपछि जीवन के हो भन्ने बल्ल थाहा पाएको बताउनु भयो ।
पूर्व मन्त्री बुद्धिमान तामाङ्ले चक्र विज्ञानमा सहभागी भएर अध्यात्म भनेको पूजापाठ मात्र होइन रहेछ आफैंलाई चिन्ने बुझ्ने र स्वस्थ्य रहने कला रहेछ भन्ने बुझेको बताउँनु भयो । काठमाडौंकी मिरा चालिसेको तीन दिनमा शरीर र मनमा स्फूर्ति बढेको बताउनु भयो ।
तीनै तहका जनप्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकारी, व्यवसायी, उद्योगी, बैङ्कर, शिक्षक, विद्यार्थी र विभिन्न पेशामा रहेका व्यक्ति सहित पहिलो दिनदेखि ५ हजार २ सय सहभागी कार्यक्रममा मानिसले जन्मदै लिएर आएका उर्जाका सातओटा केन्द्रहरुलाई सबल र सक्रिय बनाउँने वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग भइरहेको छ ।
सात दिने चक्र विज्ञानमा मानिसको मेरुदण्डको तल्लोभागबाट शिरको माथिल्लो भागसम्म भएका सातओटा चक्रलाई सातदिनमा वैज्ञानिक र प्रयोगात्मक ध्यानका विधिको प्रयोग गरेर सन्तुलित र सक्रिय पार्ने प्रयोग र अभ्यास गरिन्छ ।
मानिसलाई चलाउने चक्ररुपी उर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको हो । यस कार्यक्रमले आध्यात्मिक जागरणको अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]