युवा संगठन नेपाल, सुनसरी सम्मेलनबाट अध्यक्षमा मिलन(राना)सि चयन

  • चैत १७, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुनसरीको पाँचौ जिल्ला सम्मेलन इटहरीमा सम्पन्न भएको छ ।
सनिवार भएको सम्मेलनले मिलन(राना)सि को नेतृत्वमा २५ सदस्यीय समिति सर्वसम्मतले चयन गरेको छ ।
उक्त सम्मेलनमा बोल्दै प्रमुख अतिथि पार्टीका कोशी ब्यूरो ईन्चार्ज दिपेश सिले अहिलेको दलाल पुजीवादी संसदीय ब्यवस्था हरेक प्रगतिशील जाती, बर्ग र समुदायको प्रगतिको बाधक रहेको हुँदा यो ब्यवस्थाको विकल्प जनताको सत्ता नेपाली बिशेषताको समाजवाद–साम्यवाद स्थापना गर्न सचेत नौजवान युवाहरूको दायित्व रहेको बताए ।
कार्यक्रमका अतिथि नेकपा सुनसरी जिल्ला ईन्चार्ज डिबि सि, युवा संगठन नेपालका निवर्तमान केन्द्रिय कोषध्यक्ष तथा पाँचौ रास्ट्रिय सम्मेलन आयोजक समिति सदस्य सुबाश सि, समाजबादी लिम्बूवान मोर्चाका गजेन्द्र सि, उत्तर÷दक्षिण सुनसरी जिल्ला सेक्रेटरीहरु सुरेस सि र जीवन सि ले शुभकामना मन्तव्य राखेका थिए । सुनसरी युवा संगठन नेपालका निवर्तमान जिल्ला संयोजक जितेन्द्र सि को अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन नन्दु सि ले गरेका थिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]