बेलबारीमा बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

  • फागुन १८, २०८० / नेपाल रेखा
alt

बेलबारी । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो । मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र सुमो चालक झापाको विर्तामोड २ बस्न ३६ वर्षका कृष्ण गजुरेलको उपचारकाक्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]