इटहरीमा नेपाल कम्युनिष्ट पार्टीको कोशी र सगरमाथा व्यूरो प्रशिक्षण

  • फागुन ८, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी कोशी र सगरमाथा व्युरोको संयुक्त स्कूलिङ्ग कार्यक्रम सुनसरीको इटहरीमा भइरहएको छ ।
उक्त स्कुलिङ्गको उद्घाटन गर्दै पार्टीका स्थायी समिती सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख रणबिरले पुँजीवाद तथा साम्राज्यवादले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनमाथि आक्रमण गर्दै राजनीति र नेतालाई बदनाम गराउने र समाजमा अराजकताको स्थिति पैदा गराएकोले त्यसलाई चिर्न कम्युनिष्टको नयाँ स्कुलिङ्गको आवश्यकता परेको हुदा नयाँ दर्शनको विकासका लागि एकीकृत जनक्रान्तिको स्कुलिङ्ग संचालन भैरहेको बताए ।
उद्घाटन कार्यक्रमको अध्यक्षता कोशी व्यूरो इन्चार्ज दिपेस सी ले गरे भने संचालन सगरमाथा व्युरो इन्चार्ज शैलेस सी ले गरेका छन् । ७ दिन सम्म चल्ने स्कूलिङ्गमा कोशी र सगरमाथामा व्युरोबाट सहभागी ४० जनालाई राजनीतिक अर्थशास्त्र भेषराज सी, दर्शनशास्त्र रणविर सी, वैज्ञानिक समाजवाद तिर्थ सी, समाज विज्ञान असल सी, भौतिक विज्ञान प्रयास सी र कम्युनिष्ट आचरण, संस्कार संस्कृती दिपेस सी ले पढाउने छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य नवीन राई नेकपामा प्रवेश गरेको सोही पार्टीका सुनसरी इन्चार्ज डिवीसीले जानकारी दिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]