इन्खा एकीकृत अस्पतालद्वारा निःशुल्क स्वास्थ्य चेक जांच

  • फाल्गुन ८, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालले १ दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार संचालन गरेको छ ।
अस्पताल परिसरमै संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट ग्रसित ३ सय जनाले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गराएका छन् ।
शिविरमा थाराईड ५३ जनाले चेकजाँच गराएका छन् । त्यसैगरि, सुगर, किड्नीको चेक जाँच पनि गरिएको अस्पतालका कार्यवाहक अध्यक्ष डा लक्ष्मण बिकले जानकारी दिए ।
शिविरमा फिजीशियन डा विक्रमकुमार गुप्ता, डा दीपक चौधरीले सेवा दिएको अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर जयप्रकाश उरावले जानकारी दिए । ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको दैनिक निःशुल्क सुगर चेकजाँच गरिने एकीकृत इन्खा अस्पतालले जनाएको छ । अस्पतालले स्थपनाको समयदेखि नै ग्रामिण क्षेत्रमा समेत गएर पनि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]