भाषा वैज्ञानिक चुडामणि बन्धु र वरिष्ठ सङ्गीतज्ञ बुलु मुकारुङ्ग इटहरीमा सन्मानित हुदै

  • फाल्गुन १, २०८० / नेपाल रेखा
alt

इटहरी । भाषा वैज्ञानिक एवम् लोक संस्कृतिविद प्राध्यापक डाक्टर चुडामणि बन्धु र वरिष्ठ सङ्गीतज्ञ साथै लेखक बुलु मुकारुङ्ग इटहरीमा सम्मानित हुने भएका छन् ।
इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष धरणीधर दाहालको स्मृति दिवसका दिन यहि फागुन ५ गते उनीहरुलाई सन्मान गर्न लागिएको समूहका सचिव जगदीश सापकोटाले जानकारी दिए ।
इटहरी साहित्यिक समूहले संस्थाका संस्थापक अध्यक्षको ९७ औं जन्म जयन्तीको अवसर पारेर धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने तय भएको सापकोटाले बताए ।
इटहरी साहित्यिक समूह र धरणीधर दाहाल स्मृति प्रष्ठिानबाट हरेक बर्ष नगद रुपैंया र ताम्रपत्रद्वारा कला, साहित्य र संस्कृतिमा विशिष्ट योगदान गर्ने दुई जना सर्जकहरु अभिनन्दित हुदै आएका छन् । यो कार्यक्रम धरणीधर स्मृति भवन इटहरी–४ मेट्रिक्समा हुने सापकोटाको भनाइछ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]