भाषा वैज्ञानिक चुडामणि बन्धु र वरिष्ठ सङ्गीतज्ञ बुलु मुकारुङ्ग इटहरीमा सन्मानित हुदै

  • फागुन १, २०८० / नेपाल रेखा
alt

इटहरी । भाषा वैज्ञानिक एवम् लोक संस्कृतिविद प्राध्यापक डाक्टर चुडामणि बन्धु र वरिष्ठ सङ्गीतज्ञ साथै लेखक बुलु मुकारुङ्ग इटहरीमा सम्मानित हुने भएका छन् ।
इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष धरणीधर दाहालको स्मृति दिवसका दिन यहि फागुन ५ गते उनीहरुलाई सन्मान गर्न लागिएको समूहका सचिव जगदीश सापकोटाले जानकारी दिए ।
इटहरी साहित्यिक समूहले संस्थाका संस्थापक अध्यक्षको ९७ औं जन्म जयन्तीको अवसर पारेर धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने तय भएको सापकोटाले बताए ।
इटहरी साहित्यिक समूह र धरणीधर दाहाल स्मृति प्रष्ठिानबाट हरेक बर्ष नगद रुपैंया र ताम्रपत्रद्वारा कला, साहित्य र संस्कृतिमा विशिष्ट योगदान गर्ने दुई जना सर्जकहरु अभिनन्दित हुदै आएका छन् । यो कार्यक्रम धरणीधर स्मृति भवन इटहरी–४ मेट्रिक्समा हुने सापकोटाको भनाइछ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]