इटहरीमा हात्ती आतंक रोक्न ६ फिट अग्लो पर्खाल लगाउदै उपमहानगर

  • माघ १९, २०८० / नेपाल रेखा
alt

इटहरी । गत मंसिर १३ गते इटहरी–२ का रवीन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जंगली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षती पुर्यायो, हालसालै थप २ जना हात्तीको आक्रमणबाट घाईते समेत भएका छन् ।
अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा हात्ती आतंक छ । ५ जना भन्दा बढिले ज्यान गुमाइसकेका छन् । इटहरीमा भने हात्ती आतंकले ज्यानै गएपछि हात्ती नियन्त्रणका लागि इटहरीका मेयर हेमकर्ण पौडेल कम्मर कसेर लागेका छन्  ।
मेयर पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साईरन जडान, लाईट व्यवस्थापन गरि सबैभन्दा बढी हात्ती प्रभावित २ नं वडा पूर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य शुरु गरेका छन् ।
हात्ती आतंक दीर्घकालीन रुपमै नियन्त्रण गर्न ६ फिट अग्लो पर्खाल अनिवार्य भएको मेयर पौडेलको तर्क छ । पर्खालको काम समेत सुरु भएको मेयर पौडेलको भनाई छ । यस अघि नै उपमहानगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउन साइरन जडान र बत्ती जडान गर्ने काम भईरहेको छ । यस अघि हात्ती आक्रमणबाट मृत परिवारलाई इटहरी उपमहानगरले एक लाख आर्थिक सहयोग गरेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]