सरकारी निकायमा दोभाषे राख्छौँ –मुख्यमन्त्री कार्की

  • पुस २, २०८० / नेपाल रेखा
alt

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताउनुभएको छ ।
राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि सो अवसरमा बताउनुभएको थियो । उहाँले दोभाषेको पेसागत सीप विकासका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक नीति नियम बनाउँदा महासङ्घलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेकामा जोड दिनुभयो ।


अब प्रदेशमै उद्योग दर्ता


यसैबीच मुख्यमन्त्री कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौँको झन्झट बेहोर्नु नपर्ने र अब कोशी प्रदेशमै दर्ता खोलिने बताउनुभयो ।
कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा उहाँले एक हप्ताको समय भित्रै कोशी प्रदेशमै उद्योग दर्ताका लागि व्यवस्था मिलाइने बताउनुभएको हो । “अब उद्योग दर्ताका लागि काठमाडौँको झन्झट बेहोर्नु पर्ने अवस्था हुँदैन”, उहाँले भन्नुभयो, “हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरू उद्योग अब प्रदेशमा दर्ता हुन्छन् ।”
सरकार र निजीक्षेत्र एक सिक्काका दुई पाङ्ग्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्रमैत्री बनाइने बताउनुभयो । उहाँले भोकमरीबाट पीडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनी चाँडै गर्ने जनाउँदै जनतालाई परनिर्भतामा भन्दा आत्मनिर्भरतामा जोड दिइने उल्लेख गर्नुभयो ।
उहाँले सरकारले व्यवसायको प्रवद्वर्नका लागि अब अनुदानभन्दा पनि सापटी उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “के–केमा अनुदान छ त्यो हेरेर त्यसैतर्फ लाग्ने अनुदान पाएपछि छाडेर हिँड्ने अवस्था आयो, अब हामी त्यसो होइन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौँ ।”

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]