सुकुम्बासी बस्तीमा मन्त्री किरातीको बास

  • मंसिर १८, २०८० / नेपाल रेखा
alt

इटहरी । बर्ष ४८ का हरि ढुंगाना सपरिवार सुनसरीको इटहरी उपमहानगर १० बुढीखोला किनारको सुकुम्बासी बस्तीमा बस्छन् । त्यस ठाउँमा एक सय ५० बढी सुकुम्बासीहरु टहरा बनाएर बसेका छन् । सोही बस्तीमा आइतावार साँझ सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बास बस्न पुगेका थिए ।
सुकुम्बासी बस्तिमा यसरी विरलै सांसद र मन्त्री पुग्ने गरेको बताउँदै हरि ढुंगाना भावुक भए । उनले भने–,संघिय सरकारको चर्चित मन्त्रीज्यू हाम्रो बस्तीमा आउनुभयो, वडाध्यक्षले समेत हामीलाई चासो नदिएको बेला देशको मन्त्रीले हाम्रो बस्तीमा पाइला टेक्दा हामी त बढो हर्षित र भाबुक भएका छौँ । नेता र नेतृत्वले हामी सुकुम्बासीलाई भोट बैंककोरुपमा मात्रै प्रयोग गर्छन् तर उहाँले त हाम्रो बस्तीमा आएर हाम्रो कुरा सुनिदिनुभयो, हाम्रो अवस्थाबारे जानकारी लिनुभयो । उहाँजस्तो नेता यो देशले पाउनु ठुलो कुरा हो ।” अर्का स्थानीय प्रेमकुमार राईले भने–“सरकारमा रहेको मन्त्री सुकुम्बासी बस्तीमा आएर छलफल गर्नु धेरै सह्रनिय काम हो । सुकुम्बासीहरुले हाल सम्म लालपुर्जा नपाएको कुरा मन्त्रीलाई सुनाउन पायौँ पक्कै उहाँले समस्य समधानका लागि सदनबाट नीतिगत कुराहरु अगाडी बढाउनु हुनेछ ।’
किरात धर्मगुरु आत्मनन्द लिङ्देनको नुमाङ्गेन समारोहमा सहभागी हुन इलामको माङ्सेबुङ जाने क्रममा विराटनगर विमानस्थल हुँदै बास बस्न मन्त्री किराती सुकुम्बासी बस्ति पुगेका हुन् । आफ्नो विभाग नपरेपनि सुकुम्बासी समस्य राज्यको समस्य भएकोले उनीहरुको अवस्थ बुझ्नु आफ्नो दायित्व रहेको मन्त्री किरातीले बताएका छन् । उनले भने ‘हामीले ठुला काम गर्न नसकेपनि भुइमान्छेहरुका साना साना समस्या हल गर्न सकियो भने मात्रै त्यो लोकतन्त्र हुन्छ ।’ राज्यबाट पिछाडिएका समुदाय र गरिव निमुखाको पनि राज्य हो भन्ने प्रत्याभुति दिलाउन सकियो भने मात्रै असली लोकतन्त्र हुन्छ । लामो समय व्यवस्था परिवर्तनमा समय खर्चिएको हामीले अव एक ढिक्का भएर यि भुई मान्छेहरुको अवस्था सुधार्नु पर्छ ।’
मन्त्री किरातीले सोमबार विहान झापाको दमक लगायत स्थानमा जनभेटघाट गर्दै इलामको माङसेवुङ पुगेका छन् ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]