सुरक्षा संवेदनशिलतालाई ख्याल गरि इज्तिमा स्थगित गर्न राजनीतिक दलहरुको अनुरोध

  • मंसिर ४, २०८० / नेपाल रेखा
alt

इनरुवा । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लाम धर्मवालम्बीहरुले सुनसरीको दुई ठाउँमा मंसिर ५ गतेदेखि ९ गतेसम्म आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम स्थगित गर्न सुनसरीका राजनीतिक दलहरुले अनुरोध गरेका छन् ।
सोमबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले मुलुकको वर्तमान सुरक्षा संवेदनशील अवस्थामा रहेको निश्कर्ष निकाल्दै सरोकारवाला पक्षलाई हाललाई कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो ।
मुलुकको सुरक्षा वातावरण सहज नभएको र वातावरण सहज भएपछि आपसी समन्वयमा कार्यक्रम आयोजना गर्न ६ राजनीतिक दलहरुले संयुक्त अपिल समेत प्रकाशित गरेका छन् ।
अपिलमा सुनसरीका नेपाली काँग्रेसका सभापति केदार भण्डारी, एमाले अध्यक्ष रेवतीरमण भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दुर्गाबहादुर बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मनोजकुमार चापागाईंले हस्ताक्षर गरेका छन् ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षण तथा प्रवद्र्धन गर्ने संकल्पसहित राज्य सञ्चालन भइआएकोमा इज्तिमा आयोजकसँग सहमतिमा नै कार्यक्रम स्थगत गर्ने निर्णय यस अगाडि नै भएको पनि अपिलमा उल्लेख गरिएको छ ।
कार्यक्रम स्थगन गर्ने सहमतिअनुसार स्थानीय प्रशासनले नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकारले दुहवीको प्राष्टोकीमा मंसिर ५ देखि ७ गतेसम्म र इटहरीको खनारमा मंसिर ७ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
कात्तिक २५ गते जिल्लाका राजनीतिक दल र कार्यक्रम आयोजकबीच बैठक बसेर सहमतिका कार्यक्रम स्थगितको निर्णय भएपनि केही व्यक्तिले कार्यक्रम आयोजना गर्न खोजेपछि दलहरुले पुनः सहमति स्मरण गराउँदै सार्वजनिक अपिल गरेका हुन् ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]