युद्धका घाउहरु नाटक पक्षपाती भएको दर्शकको बुझाई

  • कार्तिक २०, २०८० / नेपाल रेखा
alt

बेलबारी । मण्डला थिएटरको युद्धका घाउहरु २.० नाटक बेलबारीमा हेरियो । मैले गेट निस्कदै गर्दा केही टिप्पणी र मिश्रित प्रतिक्रियाहरु सुने । नाटकको प्रस्तुति राम्रै रहेको, कलाकारको अभिनय राम्रै भन्ने सुनियोे । प्रस्तुति ठिकै थियो ।
तर नाटकले युद्धको वास्तविक घाउहरु देखाउन नसकेको पाइयो । राज्य र विद्रोही दुबैपक्षबाट भएका ज्यादती नै कथाको मुख्य घाउ भन्ने लागेको थियो । तर नाटकमा विद्रोहीले बनाएको घाउ मात्र देखाउन खोजियो ।
त्यसबेला जबकी मैना सुनुवार देखि कृष्णसेन इच्छुकहरु माथी बरबर दमनहरु भएको थियो । त्यस्ता घटनाका विषयमा नाटक मौन छ ।
द्वन्द्व पीडितहरु माथिनै प्राकृतिक विपत्ति आउनु राज्यले वेवास्था गर्नु अनि पलायन हुनु यथार्थ परक छ । दिनदुःखीको पीडामा मजाक गर्ने सरकारको मन्त्री प्राकृतिक विपत्तिबाट दण्डित हुने दृश्य मजाकको लागि मात्र ठिक छ । यथार्थमा त्यस्तो हुन्न ।
जनविद्रोहले पीडा मात्र दिएको छैन । माओवादी विद्रोहले गाउँमा हेपिएका, गरिब, दलित, महिला, आदिवासी आम जनतामा चेतना जगाएको र मुलुकमा नयाँ व्यवस्था ल्याएको छ यसलाई कम आक्न मिल्दैन । विभेद र अन्यायले सीमा नाघ्यो भने विद्रोह गर्ने अन्यायमा परेकाहरुको अधिकार हुन्छ । विद्रोहको स्वरुप कस्तो हुने भन्ने राज्यको व्यवहारमा भरपर्छ । समग्रमा प्रस्तुतिको आधारमा नाटक ठिकठिकै छ ।
पत्रकार भक्तशेर लिम्बूको फेसबुक वालबाट

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]