प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघद्वारा इटहरीमा शुभकामना आदान प्रदान

  • असोज २८, २०८० / नेपाल रेखा
alt

इटहरी । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा नेपालीहरुले मनाउने बिभिन्न चाडवाडको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
दशैं, तिहार, छैठ लगायत नेपालीहरुले मनाउने बिविध चाडपर्वको सन्दर्भलाई जोड्दै इटहरीको होटल गंगा जमुनामा आइतबार आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महासंघ केन्द्रीय सचिव लक्ष्मी प्रधानले संगठन देशभर क्रियाशिल रहेको बताइन् ।
त्यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघ केन्द्रीय अध्यक्ष मधुर बस्नेतले वर्तमान अवस्थामा चिकित्सा क्षेत्रमा आवद्ध जनशक्ति असुरक्षित हुदै गएकोप्रति चिन्ता व्यक्त गरे । मानव जीवनसंग सम्बन्धित चिकित्सकहरुलाई सरकारले सुरक्षा प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।
माओवादी केन्द्रकै कोशी प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले स्वास्थ्यकर्मीहरुले जनताको बीचमा गएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कोशी प्रदेशसभा सदस्य सपना परियारले स्वास्थ्य क्षेत्रमा क्रियाशिल जनशक्ति असुरक्षित बन्दै गएकोप्रति आफू संवेदनशील भएको बताउदै यसबारे प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराउने बताइन् ।
अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो)ले पार्टीले संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनले जवसहरुको क्रियाशिलताले पार्टीलाई मजबुद बनाउने विश्वास व्यक्त गरे ।
महासंघ केन्द्रीय उपाध्यक्ष अन्जना पोखरेलले कोशी प्रदेशमा ११ वटा चिकित्सा क्षेत्रका घटक संगठन क्रियाशिल रहेको जानकारी दिइन् । कोशी प्रदेश इन्चार्जसमेत रहेकी पोखरेलले संगठनलाई आगामी दिनमा अझ एकताबद्ध बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमको सभापतित्व महासंघ कोशी प्रदेश अध्यक्ष एकराज खत्रीले गरेका थिए । संचालन भने प्रकाश धिमालले गरेका थिए ।

a3 a2

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]