काठमाडौँ । ‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी हुन् ।
शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न हिडन ट्रेजरका प्रतिनिधि पुगेका थिए । उड्नु अगाडि उनले मिस इन्टरनेशनलको ताज नेपाल भित्रयाउने उद्देश्य सहित जापान जान लागेको बताइन् ।
कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेशन आयोजना हुँदै छ । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।