‘लभ सूत्र’ को टिजर र फस्टलुक हेर्नुहोस्

  • असोज २२, २०८० / नेपाल रेखा
alt

काठमाडौं । पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमीङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो ।
यस्तै, कान्तिपुर सिनमाजले आज शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज ‘लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ ।

सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ । भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।
३० देखी ४० मिनेटको ५ वटा एपीसोडकोे यस सिरिजको फुल ट्रेलर यही असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।
कान्तिपुरको ओटीटीले सार्वजनिक गरेको कन्टेन्टको टिजरहरु हेर्दा केही फरक फरक जनराको स्टोरीहरू हेर्न पाइन्छ जस्तो देखिएको छ । यसरी बिग स्केलमा ओटीटी प्लेटफर्म आउँदा पक्कै पनि हलको पहुँच नभएका दर्शकलाई नयाँ नयाँ फिल्महरू हेर्न पाउने र फिल्मको डिजिटल बजार बढ्ने कुरामा कान्तिपुर फिल्म एकेडेमी आशावादी रहेको छ ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]