चाडपर्वलाई मध्यनजर गर्दै इटहरीमा यात्रु सहायता कक्ष संचालनमा

  • असोज २२, २०८० / नेपाल रेखा
alt

इटहरी । चाडपर्वको समयमा यात्रामा कुनै किसिमको समस्या नहोस् भनेर यात्रुहरुको सहजताका लागि इटहरीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
चाडपर्वको समयमा सवारी साधनमा यात्रुहरुको चाप बढी हुने हुँदा यात्रुहरु नठगिउन तथा सहज रुपमा गन्तव्य सम्म पुग्न सकुन् भनेर यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सक्रियतामा यातायात मजदुर संगठन लगातयका सरोकारवालाहरुको सहकार्यमा इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रु सहायता कक्षको उद्घाटन गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यात्रुहरुलाई सधैभरी व्यवस्थित रुपमा सहज यात्रा गर्न सक्ने बनाउनु पर्नेमा जोड दिइन् । प्रजिअ पाण्डेले यात्रुहरुलाई दुःख र झन्झट दिनेहरुलाई कारवाही गरिने बताउदै यातायात व्यवसायीहरुलाई सवारीको यान्त्रिक परिक्षण गराएर मात्र सञ्चालन गर्न समेत आग्रह गरिन् ।
चाडपर्वको समयमा सवारी साधनमा बढी भिडभाड हुने गरेको तर्फ मध्यनजर गर्दै यात्रुहरुको सहजता र सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न ठाउँहरुका यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउने सरोकारवालाहरुसंग समन्वय गरेर गरिदै आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक सरोज पौडेलले जानकारी गराए ।
यात्रुहरुका चाप वढी हुने समयमा आधिकारिक काउण्टरबाट नभई बाटाबाटै टिकट काट्ने र मनपरी भाडा असुल्ने समेत काम हुने गरेको र त्यस्तो कार्य बन्द गराउनु पर्नेमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष कमल राई जोड दिन्छन् ।
विशेष गरेर दशैं तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुहरुको चाप बढी हुने गरेका कारण यात्रुहरुलाई सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गर्ने गरिदै आएको छ । सो अवसरमा यात्रुहरुको सहजता तथा सवारी साधनहरुमा सचेतना मुलक स्टीकर समेत टाँसियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मी, इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

T2 T4 T 3

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]