बालविकास व्यवस्थापनमा इटहरीमा छलफल

  • असोज २१, २०८० / नेपाल रेखा
alt

इटहरी । प्रारम्भिक बाल विकासको अवधारणा र व्यवस्थापन विषयमा सरोकारवालाहरुसंग अन्तरिक्रया गरिएको छ ।
आइतबार इटहरी उपमहानगरपालिका कार्यालयको सभाहलमा बाल सुरक्षा र संरक्षण अभियान चलाउदै आएको भ्वाईस अफ चिल्ड्रेनले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगर उपप्रमुख संगिताकुमारी चौधरी, इटहरी उपमहानगरपालिका कार्यालयकै सामाजिक शाखा प्रमुख भोजकला दवाडी, शिक्षा शाखाका प्रतिनिधि, इटहरी क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल चेलिबेटी अपांग महिला समाजकी प्रतिनिधि दिलकुमारी राईलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहजकर्ता उमा घिमिरेले बालबालिकाले अभिभावकहरुबाट सिक्ने हुदा अभिभावबकले नमूना व्यवहार देखाउनु आवश्यक रहेको बताइन् । बालबालिकालाई स्नेहपूर्ण व्यवहार गर्नुपर्ने, कुराकानी गर्ने तथा नयाँ व्यक्तिहरुसंग अन्तरक्रिया गराउने, पोषिलो खाना खुवाउने, संरक्षण तथा सुरक्षा गर्ने जिम्मेवारी अभिभावकको रहेको सहजकर्ता घिमिरेको भनाइछ ।
त्यसैगरि, सिकाईमा सहजीकरण गर्ने, बालविकास केन्द्रमा नियमित पठाउने, छरमिछमेक र समुदायका बालबालिकासंग घुलमिल गराउनका लागि अभिभावकलाई शिक्षा आवश्यक भएको कार्यक्रममा चर्चा गरिएको छ ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय तहलाई प्रारम्भिक बालविकास केन्द्र संचालन तथा व्यवस्थापन गर्नका लागि अधिकार दिएको बताइन् । ऐन अनुसार नै उपमहानगरपालिकाले यस विषयमा सहजीकरण गर्ने उनको भनाइछ ।
संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकमा रुपमा राखी प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकासको हक हुनेछ भनी व्यवस्था गरिएको अन्तरक्रिया कार्यक्रममा बताइयो ।
कार्यक्रमको सभापतित्व भ्वाइस अफ् चिल्ड्रेनका संयोजक भरत थापाले गरेका थिए भने संचालन सोही संस्थाकी कार्यक्रम अधिकृत लिला भुजेलले गरेकी थिइन् । कार्यक्रमको संयोजन इटहरी उपमहानगर तथा सपोर्ट पाक्ताज फ्रान्सले गरेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]