माओवादीले व्यवस्थापन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १२ सय बढीले लिए सेवा

  • असोज १६, २०८० / नेपाल रेखा
alt

इटहरी । जनतासंग माओवादी विशेष रूपान्तर अभियान अन्तरगत संखुवासभाको धर्मदेवी नगरपालिका मुढेशनिश्चरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डा. गुरू खनाल, कोशी अस्पताल विराटनगरका वरिष्ठ गाइनोलोजिस्ट डा.आनन्द गुरूङ, फिजिसियन डा. आकाश यादव, बालरोग विशेषज्ञ प्रदीप मेहता, नाक,कान,घाँटी तथा फिजिसियन डा.प्रवीन यादव, आखाँ रोग विज्ञ डा.ज्योति राजवंशी, वरिष्ठ ल्याव असिस्टेन्ट पंकज मेहता, रन्जन मेहता, आयुर्वेदिक डा. तिर्थ अधिकारीले सेवा दिएका थिए ।
प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ प्रदेश समितिको आयोजना र नेकपा (माओवादी केन्द्र) धर्मदेवी नगर समितिको व्यवस्थापनमा भएको स्वास्थ्य शिभिरमा १२ सय भन्दा बढी बिभिन्न रोगका विरामीले सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा विशेष सहयोग गर्ने आयोजक संस्थाकी इन्चार्ज अन्जना पोखरेल, इटहरीदेखि गएर सहयोग गर्ने माओवादी केन्द्रका नेताहरु एवम् स्वास्थ्यकर्मीहरु जंगराज गिरी, समिप ढकाल र गोमा उप्रेतीले पनि शिविरमा सेवा दिएका थिए ।
स्वास्थ्य शिभिर सफल बनाउन माओवादी केन्द्र धर्मदेवी नगर इन्चार्ज, अध्यक्ष, पदाधिकारी र नगर सदस्यहरुको सक्रिय भूमिका रहेको थियो । स्थानीय सिंहेश्वरी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सहायक प्रधानाध्यापक लगायतले पनि शिविर सम्पन्न गराउन सहयोग गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]