महिला ट्राफिक प्रहरी सम्मानित

  • असोज १, २०८० / नेपाल रेखा
alt

इटहरी । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर इटहरी रहेको विश्व आदर्श एकेडेमी परिवारले ट्राफिक व्यवस्थापन कार्यमा खटिने महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको छ ।
विश्व आदर्श एकेडेमीले तिज विशेष तथा सम्मान कार्यक्रम आयोजना गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी अन्तरगत कार्यरत विभिन्न दर्जाका दश जना महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको हो ।
प्रत्येक वर्ष विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गर्दै आएकोमा यस वर्ष महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर राजमार्ग क्षेत्रमा खटिएर यातायात व्यवस्थापन गर्ने कार्यमा योगदान पुर्याउने महिलाहरुलाई कदर गर्दै सम्मान गरिएको विश्व आदर्श कलेजका प्रार्चाय गणेशकुमार दुलालले जानकारी दिए । त्यस्तै कार्यक्रकी प्रमुख अतिथी सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विश्व आदर्श एकेडेमी आप्mनो जिम्मेवारी पुरा गर्ने कार्यमा खटिने महिला प्रहरीहरुलाई सम्मान गर्ने कार्यकोे प्रशंसा गरिन् ।
सम्मान कार्यक्रममा प्रहरी नायव निरीक्षक बिनुमाया शिवाकोटी, प्रहरी वरिष्ठ हवल्दार गंगा भुजेल, तुलसा खड्का, प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई,धनकुमारी बस्नेत, चन्द्रकला देवकोटा, प्रहरी जवान सविता बस्नेत, अन्जली धामी, बुनु दाहाल, गंगा दाहाललाई सम्मान गरिएको छ । तिज विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम समेत रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]