पार्टी रुपान्तरणकालागि सहिद परिवारसंग सुझाव माग्दै डाँगी

  • भदौ २७, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगी सहिद परिवारको घरदैलोमा पुगेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिकाको आँखीभूइंका सहिद परिवारसंग भलाकुसारी गर्दै उनीहरुसंग पार्टी रुपान्तरणबारे सुझाव संकलन गरेका छन् ।
आँखीभूइंका सहिद शमशेर भारती (दया) को आमा, दाजु–भाउजसंग डाँगीले पार्टीका लागि सुझाव लिएका हुन् ।
साथै, सहिदहरु कुलबहादुर जिमी (रन्जित), अजय कार्की (विपन), वसन्त जिमी (सिर्जन), अशोक कार्की, रोजिना पोखरेल, शुष्मा थापाको परिवारसँग पनि डाँगीले भेटघाट गरि सुझाव संकलन गरेका छन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सहिद परिवारसंग भेटघाटमा आफूलाई महत्वपूर्ण सुझाव प्राप्त भएको डाँगीले बताए । घर घरमा माओवादी जन जनमा माओवादीको नारा दिएर चलाइएको यो अभियानको सहिद किरण विष्टको जिवन साथी उमा विष्ट (क सम्झना) ले पनि नेतृत्व गरिरहेकी छन् ।
अभियान अन्तरगत धर्मदेवी नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ नम्बरमा बैठक, भेला, जनतासंग अन्तरक्रिया गरिरहेको डाँगीले बताए ।
अभियानकै क्रममा धर्मदेवी–४ सल्लेका ८० वर्षीय रूद्रप्रसाद नेपालले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीविरुद्धको कार्वाहीलाई टुंगोमा पुर्याउन सुझाव दिएका छन् ।

2 sahid pariyar saga dangi 1 sahid pariyar saga dangi

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]