इटहरी । इटहरीमा आज देखि निःशुल्क शव वहान र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीका जनतालाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रुपमा सेवा विस्तार गरिने भकोछ।
इटहरी नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरि निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।
इटहरी उपमहानगरपालिकाले जनताको लागि घरदेखि घाटसम्म शव वहान र घर देखि इटहरी अस्पताल सम्म निःशुल्क संयुक्त रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ ।
नगर प्रमुख पौडेलले आफु निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउदै एक बर्ष भित्रमा इटहरी अस्पतालमा ब्यापक सुधार हुने बताए । मेरो उद्देश्य इटहरीका जनता उपचारको लागि धरान इटहरी जानु नपरोस् भन्ने हो । पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेका हौ नगर प्रमुख पौडेलले भने । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै सेवा लिन आउनेको संख्या बढ्दै गएको छ ।