स्वाधिन अर्थतन्त्र निर्माणमा नेपाल उद्योग व्यापार महासंघ

  • भदौ २२, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले वैज्ञानिक समाजवाद उन्मुख अर्थव्यवस्था निर्माणमा योगदान गर्नु पर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा शुक्रबारदेखि सुरु भएको नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासंघ फ्याक्सन इन्चार्जसमेत रहेका वस्नेतले स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यकता भएको बताए ।
उनले व्यापार व्यवसायको क्षेत्र व्यापक बन्दै गएकोले संगठन विस्तारमा लाग्न महासंघलाई आग्रह गरे । बस्नेतले सामाजिक संगठनहरुमा पार्टीको विचारलाई पुर्याउन नेपाल उद्योग व्यापार महासंघ अग्रसर हुनुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले व्यापारमा पुरानो वर्गलाई विस्थापित गरी नयाँ वर्गको स्थापना गर्न आफूहरु लागि परेको बताए । उनले सबै क्षेत्रका व्यापारी, व्यवसायीहरुसंग सहकार्य गर्न महासंघ तयार रहेको जानकारी दिए । स्वाधिन अर्थतन्त्र निर्माणको लागि आन्दोलन अघि बढाउन संगठन विस्तारमा महासंघ लागि परको उनको भनाइ छ ।
महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बैठककै अवसरमा प्रभावकारी नेतृत्व र व्यवसायिक शिष्टचारबारे तालिम पनि चलिरहेको रहेको बताए । तालिममा विषय विज्ञहरु विनोद अर्याल र हरि भण्डारीले सहजीकरण गरिरहेका छन् । पराजुलीले कार्यक्रम दुई दिनसम्म संचालन हुने बताए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष दुष्यान्त भट्टराईले कार्यक्रमको व्यवस्थापनबारे जानकारी गराएका थिए । अर्का उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै महासंघ निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको पर्यटकीय कार्यक्रम गर्न लागिएको जानकारी गराए । कोशी प्रदेशसभाकी निवर्तमान उपसभामुख सरस्वती पोखरेलले कार्यक्रम सफलताको शुभकामना दिएकी थिइन् ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजकुमार आचार्यले कार्यक्रममा ५० जना भन्दा बढी सहभागि रहेको जानकारी दिए । कार्यक्रममा महासंघकी केन्द्रीय उपमहासचिव गिता पौडेलले कविता वाचन गरेकी थिइन् ।

FNIC Itahari

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]