वडा अध्यक्षको स्वास्थ्य जाँच गर्दै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन

  • भदौ १६, २०८० / नेपाल रेखा
alt

इटहरी । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार इटहरी वडा नं. ७ मा आयुर्वेदिक पद्धतिअनुसार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
यसै वडाका वडा अध्यक्ष देवनारायण चौधरीको स्वास्थ्य चेकजाँच गरी जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको छ ।
शिविरमा २ सय जना नागरिकले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् । शिविरमा डा. सन्जिबकुमार यादव, डा सुनिल मण्डल, डा ईश्वर अधिकारी लगायतले सेवा दिएका थिए ।
अभियानका वडा संयोजक जंगराज गिरीले हाड जोर्नी तथा नसा, पेट, छाला, मलद्वार, छाती तथा स्वासप्रस्वास, स्त्री रोग, पिनास तथा नाक कान घाँटीसम्बन्धी साथै पूराना तथा दीर्घ सम्पूर्ण रोगहरुको चेक जाँच गरिएको बताए । चेकजाँच पछि निःशुल्क आयुर्वेद औषधिहरुसमेत वितरण गरिएको गिरीको भनाइछ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]