उराउ संग्रहालय निर्माण

  • साउन ११, २०८० / नेपाल रेखा
alt

इनरुवा । इनरुवा नगरपालिकामा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा पुराना कला संस्कृतिको संरक्षण गर्न नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराउ जनजाति सङ्ग्रहालय निर्माण गरेको छ ।
इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामग्री राख्ने गरी सङ्ग्रहालय निर्माण गरिएको हो ।
तराई मधेशका आदिवासी जनजाति समुदायमा पर्ने उराउ जातिको पहिचानका रूपमा तत्कालीन संसद् विकास कोष सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रतिष्ठानको सहयोगमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
चार वर्षमा निर्माण गरिएको सङ्ग्रहालय कुल एक करोड २० लाख रुपियाँ लागेको प्रतिष्ठानका अध्यक्ष बेचन उराउले जानकारी दिए । सङ्ग्रहालय निर्माणका लागि तत्कालीन सुनसरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं पूर्वराज्यमन्त्री सीताराम मेहताको संसद् विकास कोषको ५० लाख रुपियाँ, प्रदेश सभा सदस्य राजीव कोइराला र इनरुवा नगरपालिकाबाट ४८ लाख ११ हजार ६९१ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको उनले जानकारी दिए।
उराउ समुदायलाई लक्षित गरेर पूर्वजहरूले बनाएका वस्तु, पहिरन, कला संस्कृति झल्किने सामग्रीहरू, बाजाहरू सङ्ग्रहालयमा राखिने छ । उराउ समुदायबाट उच्च तहमा पुगेका वा प्रख्यात एवं विशेष योगदान गर्ने व्यक्तिहरूको इतिहास राखिने प्रतिष्ठानले जनाएको छ ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]