ताप्लेजुङका महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

  • साउन १, २०८० / नेपाल रेखा
alt

फुङ्लिङ । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।
फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताइन्। बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिए । शल्यक्रिया गरिएका बिरामीलाई जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकको निगारानीपछि घर पठाउने तयारी भइरहेको उनले बताए ।
नगर उपप्रमुख ओझाका अनुसार फक्ताङ्लुङ गाउँपालिकाका एकजना र फुङ्लिङ नगरपालिकाका छ जना गरी सात जना बिरामीको शल्यक्रियाको तयारी गरिएको थियो । “एकजनाको रक्तचापमा समस्या देखिएको र एकजनाको घाउसहितको सङ्क्रमण देखिएकाले घाउ नसुकी शल्यक्रिया सम्भव नहुने चिकित्सकले बताएपछि उहाँहरुको पाठेघरको शल्यक्रिया हुन नसकेको हो”,उनले भनिन् । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उनीहरुको उपचार गरिने उनको भनाइ थियो ।
नगरपालिकाको लामो प्रयासपछि शिविर सम्भव भएको भन्दै उपप्रमुख ओझाले चालु आर्थिक वर्षको बजेटममार्फत शिविर सञ्चालन गरिएको जानकारी दिइन् । उनले शिविरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य निर्देशनालय धनकुटालगायत स्थानीय नागरिलाई शिविर सफलतापूर्वक सम्पन्न गरेकोमा आभार व्यक्त गरिन् । महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुने भएकाले समयसमयमा उपचार गरी परामर्श लिनुपर्ने शिविरमा संलग्न चिकित्सको भनाइ छ ।
पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयमा ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको सङ्क्रमणलगायत समस्या महिलामा देखिने गरेको चिकित्सकको भनाइ छ ।
जिल्ला अस्पतालका एमडिजिपी डा. महेश्वर गोसाँइले महिलाले वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्ने, महिनावारीको समयमा प्रयोग गरिने प्याड लामो समयसम्म प्रयोग गर्न नहुने, दैनिक कपडा परिवर्तन गर्नुपर्ने, योनी बाहिरको भाग सफा र सुख्खा राख्नुपर्नेलगायत सल्लाह दिएको बताए । नियमित व्यायामले पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्ने उनको भनाइ थियो ।
खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिँदा धेरै रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]