मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

  • असार २४, २०८० / नेपाल रेखा
alt

विराटनगर । मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद न्यौपाने, स्वास्थ्य शाखा प्रमुख राजकुमार दास गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य चौकी इन्चार्जहरू, सात वटै वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
खोपबाट दिर्घ रोगका साथै साधारण रोगबाट बच्ने भएका कारणले अनिवार्य बालबालिकालाई लगाउन सचेत नागरिकले सहयोग गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले बताए ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]