लोहन्द्रा खोलामाथि पक्कि पुल निर्माण

  • असार २३, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । सुनसरी–मोरङ सिचाई आयोजनाले मोरङको लोहन्द्रा खोलामा पुल निर्माण गरि संचालनमा ल्याएको छ । २०७० साल साउन महिनामा आएको वाढीले क्षतीग्रस्त बनाएको सिचाई आयोजनाको पुल संचालनमा आएको हो ।
वाढीले भत्काएको नहरको साइपन सहित भ्याट बाहेका ३० करोड ३० लाख रुपैयाँको लागतमा आयोजनाले पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माणका लागि २०७६ सालको फागुन महिनामा श्री आशिष आशिर्वाद स्वामी नारायण जेवीसंग ठेक्का सम्झौता भएको थियो ।२०८० साल भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का समझौतामा उल्लेख भएपनि असारको दोश्रो हप्तामै आरसिसी पुल निर्माणको काम सम्पन्न गरि पुल संचालनमा ल्याएको सुनसरी–मोरङ सिचाई आयोजना विरानगका प्रमुख भिलानन्द यादवले बताए ।
खोलामा वाढि आउने क्रम शुरु भएकाले आवत जावतमा सहज होस् भन्नका लागि समय अगावै पुल निर्माण सम्पन्न गरेको उनको भनाई छ । ग्रामथान गाउँपािलका र बेलबारी नगरपालिकालाई जोड्ने सो पुलको लम्बाई १ सय ५३ मिटर रहेको छ । वाढीले आयोजनाको मुल नहरको पुल र पानी संचालनमा लागि लोलामा वनाएको नहरको साइपन क्षतीग्रस्त बनाएपछि लोहन्द्रा खोला पर्वका कमाण्ड क्षेत्रका १० हजार हेक्टर भन्दा वढि जमिनमा सिचाई सेवा प्रभावित भएको थियो । सिचाइ सेवा प्रभावित भएपछि आयोजनाले २०७८ जेठ महिनामा साइपन निर्माणको काम सम्पन्न गरि नहरमा पानी संचालनमा ल्याएको आयोजना प्रमुख यादवको भनाई छ । नहर सुचारु नहुदा किसानलाई समस्या भएपछि सवै भन्दा पहिले आयोजनाले साइपनको काम सम्पन्न गरेको उनको भनाइछ ।
पुल क्षतीग्रस्त भएपछि विगत पाँचवर्ष देखी आवत जावतमा समस्या हुदै आएको थियो । वर्षाको सिजनमा सो क्षेत्रका मानिसलाई आवत जावत गर्न निकै समस्या भएको थियो । पुल बनेपछि ग्रामथान तथा कानेपोखरी गाउँपालिका र बेलबारी तथा रंगेली नगरपालिकाका मानिसलाई आवत जावतमा सहज भएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]