महानगरलाई एक महिनाभित्र कर तिर्न र भवनको नक्सा पास गर्न नागरिक उड्ड्यन प्राधिकरण तयार

  • असार २२, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्ड्यन प्राधिकरण (विराटनगर विमानस्थल) महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ ।
प्राधिकरणका विराटनगर प्रमुखसहितको प्राधिकरणको टोलीले शुक्रबार महानगरका मेयर नागेश कोइरालालाई भेटेर एक महिनाभित्र व्यवसाय, बहाललगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको छ । राजस्व महाशाखा प्रमुख सरोज गौतम, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, महानगर प्रहरीका प्रमुख राजन पौडेललाई साथैमा राखेर मेयर कोइरालाले प्राधिकरणको प्रतिबद्धता माग्नु भएको थियो । मेयर कोइरालासितको भेटमा प्राधिकरणको टोलीले एक महिनाको समय मागेको थियो । एक महिनाभित्र पनि नक्सा पास नगर्ने र महानगरलाई तिर्नुपर्ने कर नतिरे फोहोर नउठाउनुको साथै निर्माणधीन टर्मिनल भवनमा सामान लाने सडकसमेत बन्द गरिदिने कोइरालाले चेतावनी दिए ।
महानगरवासीले तिरेको करबाट बनाएको सडकमा टर्मिनल भवन निर्माणका लागि सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी महानगरको सडकबाट प्रवेश गर्ने गरेको मेयर कोइरालाले बताए । मेयर कोइरालाले प्राधिकरणले सटर भाडा लगाएर आम्दानी गर्ने, जहाज पार्किङ गरेबापत भाडा लिने, सेवा लिएबापत यात्रुसित कर लिने तर महानगरलाई अहिलेसम्म कुनै किसिमको कर नतिर्नु आपत्तिजनक भएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको र संविधानले दिएको अधिकार प्रयोग गरेर जुनसुकै निकायलाई पनि करको दायरामा ल्याई छाड्ने प्रतिबद्धता जनाए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]