५६ बर्षदेखि इटहरीमा सिलाई व्यवसाय संचालन गर्ने रामकुमार बर्देवा सम्मानित

  • असार १६, २०८० / नेपाल रेखा
alt

अर्जुन शर्मा
इटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच संसारकै उत्कृष्ट पेशामध्येको सिलाई व्यवसाय रहेको दावी गरेका छन् ।
उनले गास, बास र कपासमध्ये कपास मानव जिवनकालागि अनिवार्य रहेको र कपडा र सिलाई पेशा विना मानव जिवन नै सम्भव नरहेको बताए । सुनसरीको इटहरीमा संघको कोसी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने मेसिन राखेर ज्यालामा सिलाई पेशा गर्नेहरु खास व्यवसायी होइनन्, उनीहरु ज्यालादारी मजदुरमात्रै हुन्, त्यसैले सटिङ्ग, सुटिङ्गका सम्पूर्ण कपडासहितको व्यवसाय आजको आवश्यकता रहेको हो भने ।
देशका ७२ जिल्लाका २५ हजार बढी व्यवसायीलाई आत्म सम्मानसाथ व्यावसाय गर्न उत्प्रेरित गरेको बताउदै अबको दुनियाँ फेसन टेक्नोलोजी रहेको बताए । कार्यक्रममा ५६ बर्षदेखि इटहरीमा टेलर चलाएर सेवा दिने अग्रज व्यवसायी रामकुमार बर्देवासहित विजय परियार, मिलन नेपाली, डम्बर कुमारी मास्के, पांचजनालाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरीका सफल सिलाई व्यवसायी भाइसन बर्देवालाई विशिष्ट सदस्य सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व संघको कोसी प्रदेश संयोजक हरिकृष्ण पोखरेल दर्जीले गरेका थिए ।

shilae ko program

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]