रामधुनी । सुनसरीको रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले नगर क्षेत्रमा पर्यटन, पूर्वाधार र कृषि क्षेत्रमा बिकासको लागि नीति तथा कार्यक्रम रहेको बताएका छन् ।
बुधबार रामधुनी नगरपालिकाको आयोजनामा भएको पत्रकार नगर प्रमुख र उपप्रमुखसंग पत्रकार कार्यक्रममा नगर प्रमुख चौधरीले रामधुनीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताए। उनले पर्यटन क्षेत्रमा बिकासका लागि रामधुनी मन्दिरको डिपिआर भैसकेको र यसलाई सार्थक बनाउन आफूहरु निरन्तर रुपमा लागि परेको जानकारी दिए । यस कामका लागि ३५ करोड रुपैया भन्दा बढि खर्च हुने बताए । उनले भने–‘यो रकम जुटाउन हामीले सम्बन्धित निकायमा पहल गरिरहेका छौं ।’
नगर प्रमुख चौधरीले काठको ठुलो मन्दिर बन्ने र भगवान रामको ६० फिट अग्लो मूर्ति निर्माण हुने योजना रहेको बताए । राम भगवानको मुकुट अढाई करोड लागतमा चार फिटको हुने बताइएको छ ।
नगर क्षेत्रमा पर्यटन बिकासका लागि रामधुनी–६ मा रहेको शंकरबेली ताल, नगरकै वडा नम्बर ७ मा रहेको रास ताल, जुडि सिमसार, पन्चायन सिमसार र नगरको वडा न. २ मा रहेको थारु संग्राहलयमा बिकास गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
कार्यक्रममा सन्चारकर्मीहरुले राखेको शैक्षिक, स्वास्थ्य, बालमैत्री, सामाजिक बिकास, झुम्का बजार ब्यबस्थापन सम्बन्धि प्रश्नको उतर नगर प्रमुख र उपप्रमुख तारा थापाले दिएका थिए ।
कार्यक्रममा रामधुनी नगरपालिका उपप्रमुख थापाले नपाको सबै वडामा ५० लाख रुपैया बराबरको गौरवको योजना रहेको बताइन् । उनले गत बर्ष समेत रहेको गौरवको योजनालाई पुनः निरन्तरता दिएको जानकारी दिइन् । कार्यक्रममा नपाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले नगरमा सुशासन कायम गराउन आफू लागि परेको बताए ।